दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

सुर्खेत– दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । महोत्सवमा नेपाली चलचित्रको विकास र प्रर्वद्धनका विविध आयामबारे प्यानल छलफल भएको छ ।


वक्ताहरुले कर्णालीमा पर्यटनको अथाह सम्भावना रहेको र चलचित्र छायांकनको दृष्टिले उपर्युक्त भूमि रहेको बताए । महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले चलचित्र क्षेत्रसमेत समेट्ने गरी प्रज्ञा प्रतिष्ठान निर्माणका लागि कानुन निर्माणको चरणमा रहेको बताए । पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ‘चल’ संघमा रहेको र ‘चित्र’ कर्णालीमा रहेकाले कर्णालीमा चलचित्र र पर्यटनको विकासमा पछाडि परेको धारणा राखे ।

महोत्सवको पहिलो दिन उद्घाटनसंगै कर्णाली पर्यटन संवाद सत्रमा कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारी, गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी, उद्योगी भवानी राणा, साहित्यकार डा महेन्द्रकुमार मल्ल र कर्णाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही वक्ताका रुपमा रहेका थिए भने सत्रको सहजीकरण गरेका थिए, पत्रकार पुरुषोत्तम सापकोटाले ।

पत्रकार कलेन्द्र सेजुवालले सहजीकरण गरेको राजनीति संवादमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, राप्रपा महामन्त्री कुन्तीकुमारी शाही, एकिकृत समाजवादीका नेतृ रामकुमारी झांक्री प्यानलिष्ट रहेका थिए । वीरेन्द्रनगरका मेयर मोहनमाया ढकाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी प्यानलिष्ट रहेको कर्णाली चलचित्र संवाद सत्रको सहजीकरण गरेका थिए, विकास सुवेदीले ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार सोमबार दैलेखको गुराँसेमा गुराँस चलचित्र पर्यटन संवाद सञ्चालन गरिनेछ । रेड चेरीको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना भएको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,