सुर्खेतका १२ विद्यालयमा मनोसामाजिक परामर्श शिक्षा

सुर्खेत– सुर्खेतका १२ विद्यालयमा किशोरकिशोरीको मानसिक स्वास्थ्य, दौंतरी शिक्षालाई मध्यनजर गरी सामाजिक भावनात्मक शिक्षासम्बन्धी प्याकेज सञ्चालन गरिएको छ । डब्लुएचओ र युनिसेफले तयार गरेको शिक्षण सामग्रीका आधारमा बहुसांस्कृतिक, मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले मनोसामाजिक परामर्शकर्ता मार्फत फेब्रुअरीदेखि कक्षा सञ्चालन गरेको हो ।

वीरेन्द्रनगरस्थित अमरज्योति माविको सम्मानपछि टिपिओ नेपालका मनोसामाजिक परामर्शकर्ता

टिपिओ नेपालको यो नेपालमै नमूना (पाइलटिङ) कार्यक्रम हो । पाठ्यक्रम १३ देखि १९ दिनसम्मको तयार गरिएको छ । १४ जना मनोसामाजिक परामर्शकर्ताले ६ देखि १२ कक्षाका १० वर्षदेखि १९ वर्ष उमेरका विद्यार्थीलाई प्रदान गरेका छन् । वीरेन्द्रनगरका ९ र गुर्भाकोटका ३ विद्यालयमा यस्तो कक्षा प्रदान गरिएको छ ।

टिपिओ नेपालका बखत भण्डारीका अनुसार विद्यार्थीलाई २० प्रतिशत व्याख्या, ४० प्रतिशत अन्र्तक्रिया, संवाद र ४० प्रतिशत क्रियाकलाप, नाटक एवं कलामार्फत सिकाउने गरिएको छ । टिपिओ नेपालले स्थानीय तह र सामाजिक विकास मन्त्रालयबाट किशोरकिशोरीको मनोस्वास्थ्य, दौंतरी शिक्षा र बालबालिका र अभिभावकको सुस्वास्थ्य, मनोवैज्ञानिक सहयोग प्याकेज सञ्चालनसम्बन्धी अनुमति लिएको थियो ।

टुलकिटमा भावनात्मक नियमन, तनाव व्यवस्थापन, आत्म सम्मान, समस्या समाधानको खोजी, लागूपदार्थ तथा मदिरा सेवनसम्बन्धी जानकारी र निर्णय, अन्तरव्यक्ति कौशल, द्धन्द्ध व्यवस्थापन, एक अर्कालाई सहयोगी सम्बन्ध बनाउने, सम्मानभाव व्यक्त गर्ने, किशोरकिशोरी वृत्ति, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी, बुलिङ लगायतका विषयवस्तुहरु समावेश छन् । कक्षा समापनपछि शिक्षा, स्वास्थ्य लगायतका कार्यालयका प्रतिनिधिसहित संयुक्त अनुगमन गरिएको थियो ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,