पत्रकार न्यौपानेलाई धम्की : चौतर्फी विरोध

सुर्खेत- अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेकै कारण पत्रकार विष्णु न्यौपानेलाई धम्की आएको घटनाको चौतर्फी विरोध भएको छ । पत्रकार न्यौपानेलाई धम्की आएपछि नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिका साथै विभिन्न पत्रकारका संघसंगठनले विज्ञप्तिमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत न्यौपाने महासंघ कर्णाली प्रदेश समितिका सचिव र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत हुन् । पत्रकार न्यौपानेको चैत्र १२ गते ‘विदेशी सहयोगको चरम दुरुपयोगः सामाजिक संस्थाका नाममा आफन्त्त र परिवारको रजगज शीर्षकमा समाचार लेखेका थिए । सोही समाचारको विषयलाई लिएर कोपिला भ्याली समाजका पदाधिकारीका आफन्तले न्यौपानेलाई गालीगलौज गर्दै धम्की दिएका थिए ।

पत्रकार महासंघ केन्द्रीय समितिद्धारा प्रकाशित विज्ञप्तिमा सोही समाचारलाई लिएर कोपिला भ्यालीका प्रबंध निदेशक टोपबहादुर मल्लका आफन्त प्रकाश सिंह,लोकजंग सिंह ठकुरी लगायतले सामाजिक सञ्जालमार्फत धम्क्याउने, अपशब्द प्रयोग गर्ने तथा भौतिक कारबाहीको धम्की दिनेजस्ता हर्कत गरी मनासिव यातना दिने गरेकाले आफू असुरक्षित महसुस गरेको भन्दै पत्रकार न्यौपानेले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको उल्लेख छ ।

प्रेस स्वतन्त्रता ठाडो चुनौती दिने र पत्रकारलाई हतोत्साहित बनाउनेप्रति महासंघ केन्द्रीय समितिले भत्र्सना गरेको छ । साथै घटनाको छानविन् गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग अपिल गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,