दशौँ राष्ट्रिय खेलकुद स्थगित हुनुमा संघीय सरकार जिम्मेवार रहेको मुख्यमन्त्री कँडेलको भनाई

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन । खेलकुद क्षेत्रसँग सम्बन्धित संघ– संस्थाका प्रतिनिधि र प्रशिक्षकहरुसँगको शुक्रबार भेटघाट गर्दै मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने तय गरेको थियो । राष्ट्रिय खेलकुदको आयोजक राखेप र सह– आयोजक एवं व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् रहने प्रावधान छ ।

मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक–पटक सार्दा समेत आफूले खेल सुनिश्चित हुने गरि काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको बताए । ‘खेलकुद मन्त्रालयले प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताका लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने प्रवृत्ति देखियो, पछिल्लो समय सर्खेतमा सचिवालय स्थापना हुँदासमेत देखिने गरी काम भएन,’ उनले भने, ‘यसबारे खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिता हुने सुनिश्चितता गरौं, पटकपटक सार्दा जनविश्वासा गुम्छ भनेर सुझाव दिएको हुँ ।’

कर्णालीमा खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा प्रदेशलाई सहयोग गर्न गरिएको आग्रहको समेत सुनुवाइ नभएको बताउँदै मुख्यमन्त्री कँडेलले भने, ‘विगतमा अन्यत्र आयोजना गरिँदा राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधार करोडौं खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’ आयोजक केन्द्र भएपनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्यमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

एक अर्को प्रसंगमा मुख्यमन्त्रीले प्रदेश रंगशालाको काम सकेर हस्तान्तरण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने प्रष्ट पारे । निर्माण कम्पनीले रंगशालाको एक प्रतिशत काम बाँकी रहेको बताएको छ । साथै उनले निर्माण कम्पनीले रंगशालाको काम छिटो सकेर हस्तान्तरण गर्नुको साटो बाहानाबाजी गर्दे हिँडेको आरोप लगाए ।
मुख्यमन्त्री कँडेलले रिक्त रहेको प्रदेश खेलकुद विकास परिषद् र जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी नियुक्तिबारे छलफल गरेर चाँडै टुंगोमा पुग्ने तयारी भएको जानकारी दिए ।

खेल पदाधिकारीहरुलाई मुख्यमन्त्रीले राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदा पनि खेलकुदका गतिविधि नरोक्न र प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्द प्रशिक्षणमा रहने खेलाडीहरुको लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,