प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता !

सुर्खेत– प्रदेश अस्पताल सुर्खेतले सेवाग्राहीको चाप बढेपछि बिरामीले अनलाइनबाटै नाम दर्ता गर्न सक्ने सुविधा ल्याएको छ । अस्पतालले विहीबारदेखि यो सेवा शुरु गरेको हो ।

अस्पतालको वेबसाइट https://provincehospital.karnali.gov.np/ भित्र गएर नाम दर्ता गर्न सकिन्छ । जहाँ कुन विभागबाट सेवा लिने, चेकजाँच गर्न चाहेको डाक्टर, मिति र विहान ७, ८ र ९ बजेको समय तालिका देखाउँछ । समयमा क्लिक गरेपछि ‘प्रोसेस टु बुक’ भन्नेमा क्लिक गर्नुपर्दछ । यो प्रक्रिया पूरा भएपछि लगइन र बुक अप्वाइन्मेन्ट देखाउँछ । ‘बुक अप्वाइन्मेन्ट’मा क्लिक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्दछ । विवरण भरेपछि ‘बुक’ भएको देखाउँछ । अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले ‘बुक’ गरिएको स्क्रिन सट वा प्रिन्ट गरेर अस्पतालबाट बिरामी पुर्जा लिन सकिने बताए ।

निर्देशक डा खड्काका अनुसार अनलाईनमार्फत बिरामीले नाम दर्ताको टिकट बिहान ८ बजेदेखि १२ बजेसम्म लिन सक्नेछन् । अनलाइनबाट नाम दर्ता गरेका बिरामीका लागि बिरामी पुर्जा अस्पतालको नाम दर्ता काउन्टर–१ बाट लिन सकिने व्यवस्था मिलाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,