सुर्खेत- प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । सुब्बाकुना चेकपोष्टबाट जाजरकोट जुनीचाँदे गाउँपालिका २ घर भई हाल वीरेन्द्रनगर १२ बस्ने २४ वर्षीय युवराज शाहीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले नेपालगञ्जबाट सुखेततर्फ आइरहेको क. प्र. ०२००१ ज ०६४३ नम्बरको इभि गाडी चेकजाँच गर्दा ९ ग्राम ३५० मिलिग्राम फेला पारेको हो । प्रहरीले शरीर खानतलास गर्ने क्रममा लागूऔषध फेला पारेको थियो । प्रदेश प्रहरीले लागूऔषध र कारोबारमा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालयले उक्त मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

कर्णाली समय । २९ असार २०८२, आईतवार १४:५९