लागूऔषधिसहित एक पक्राउ

सुर्खेत- प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । सुब्बाकुना चेकपोष्टबाट जाजरकोट जुनीचाँदे गाउँपालिका २ घर भई हाल वीरेन्द्रनगर १२ बस्ने २४ वर्षीय युवराज शाहीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले नेपालगञ्जबाट सुखेततर्फ आइरहेको क. प्र. ०२००१ ज ०६४३ नम्बरको इभि गाडी चेकजाँच गर्दा ९ ग्राम ३५० मिलिग्राम फेला पारेको हो । प्रहरीले शरीर खानतलास गर्ने क्रममा लागूऔषध फेला पारेको थियो । प्रदेश प्रहरीले लागूऔषध र कारोबारमा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।

जिल्ला प्रहरी कार्यालयले उक्त मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,