सुर्खेत– कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले शुक्रबार पदभार ग्रहण गरेका छन् । विहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी शुक्रबार बिहान काठमाडौंबाट सुर्खेत आएका थिए ।
प्रदेश प्रमुख जोशीलाई सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहितका प्रदेश उच्च पदस्थ र सुरक्षा अधिकारीले स्वागत गरे । प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त प्रदेश प्रमुख जोशीलाई प्रदेश सरकारका पदाधिकारी, सुरक्षा निकाय, प्रदेश प्रमुखको कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । लगत्तै प्रदेश प्रमुखले पदभार ग्रहण गरे । कञ्चनपुर निवासी जोशी कर्णाली प्रदेशका चौथो प्रदेश प्रमुख हुन ।
प्रदेश प्रमुखको पदभार ग्रहणसंगै कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नियुक्ति र शपथ कार्यक्रमको तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार मन्त्रीहरुको शपथग्रहणको तयारी गरेको छ ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रदेश प्रमुख जोशी


कर्णाली समय । १८ श्रावण २०८१, शुक्रबार १२:२३