प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने भएका छन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने निश्चित भएको जनाएको छ । सोही दिन प्रधानमन्त्री ओली सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको कुलपतिको हैसियतमा तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
मुख्यमन्त्री यामलाल कँडेलले आइतबार ओलीलाई भेटेर प्रदेशसभा बैठकमा सम्बोधनका लागि आइतबार निम्तापत्र हस्तान्तरण गरेका थिए । केही दिन अघि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,