कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत- कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेशसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले विशेष प्रस्तावसहित बजेट पारित गरेको हो ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई ध्वनी मतका साथ बहुमतले पारित गरेको हो ।

आर्थिक मामिलामन्त्री शाहले असार १ गते कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,