सुर्खेत- कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेशसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले विशेष प्रस्तावसहित बजेट पारित गरेको हो ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई ध्वनी मतका साथ बहुमतले पारित गरेको हो ।
आर्थिक मामिलामन्त्री शाहले असार १ गते कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका थिए ।

कर्णाली समय । २१ असार २०८२, शनिबार ११:१८