कर्णाली प्रदेश : कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, अर्थमा राजीव

सुर्खेत– नेपाली (कांग्रेस) ले एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । केन्द्रीय नेतृत्वको परामर्शका आधारमा प्रदेश संसदीय दलले चार जना मन्त्रीको टुंगो लगाएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाहीका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा राजिवबिक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सुरेश अधिकारी र उर्जा तथा जलस्रोतमा विजया बुढाको नाम सिफारिस गरिएको छ । कांग्रेसमा शाह, भण्डारी र बुढा संस्थापन तथा अधिकारी संस्थापनइतर समूहमा छन् ।प्रदेश सरकारमा कांग्रेसका मन्त्रीको नेतृत्व केन्द्रीय सदस्यसमेत रहेका नेता शाहले गर्नेछन् ।

मुख्यमन्त्री यामलाल कँडेलले आजै (शुक्रबार) मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने तयारी छ । नयनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले शुक्रबार पदभार ग्रहण गरिसकेका छन् । ८ सदस्यीय कर्णाली प्रदेश मन्त्रिपरिषद्मा एमालेको तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढा तथा राज्यमन्त्री गमता विक छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,