सुर्खेत- कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई दिइएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । कानून सचिव ध्रुव घिमिरेले सरुवा हुँदा कानून मन्त्रालय सचिवविहिन अवस्थामा छ ।
बैठकले खोटो संकलन कार्यविधि, २०८१ स्वीकृत गर्ने, प्रदेश व्यापार व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली, २०८० को दोस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

कर्णाली समय । १५ असार २०८१, शुक्रबार १२:०१