विनोद शाहलाई कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी

सुर्खेत- कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई दिइएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । कानून सचिव ध्रुव घिमिरेले सरुवा हुँदा कानून मन्त्रालय सचिवविहिन अवस्थामा छ ।

बैठकले खोटो संकलन कार्यविधि, २०८१ स्वीकृत गर्ने, प्रदेश व्यापार व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली, २०८० को दोस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,