शुक्रबारदेखि तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

प्रकाश अधिकारी/सुर्खेत — नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ ।

“घूमौं कर्णाली, हेरौं कर्णाली” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम बैशाख ११ गते सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । त्यस्तै, बैशाख १२ गते सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ ।

महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरिनेछन् । कर्णालीमा प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास तथा चलचित्रसम्बन्धी गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गर्दै विगत तीन वर्षदेखि महोत्सवले नयाँ अभियानको थालनी गरेको हो । यस अभियानमार्फत कर्णालीका कथा, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको सम्भावनालाई उजागर गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । ‘कर्णालीमा चलचित्र पर्यटनको अत्यन्तै ठूलो सम्भावना छ, उनले भने, ‘यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सेतुको काम गर्नेछ ।’

हालसम्म कर्णालीका विभिन्न जिल्लामा महोत्सवसँग सम्बन्धित गतिविधि सञ्चालन गरिँदै आएको छ । चलचित्र र पर्यटन क्षेत्रलाई स्थानीय, प्रदेश तथा संघीय सरकारसँग जोड्दै विभिन्न कार्यक्रम अघि बढाइएको आयोजकको भनाई छ । महोत्सवमार्फत कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन क्षेत्र तथा मौलिक संस्कृतिलाई चलचित्रकर्मीहरूमाझ पु¥याउने योजना रहेको छ ।

महोत्सवले यस वर्ष कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिता पनि घोषणा गरेको छ । हाल विशेषज्ञहरूबाट कथा छनोट प्रक्रिया जारी रहेको र विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

महोत्सवका सल्लाहकार डा. महेन्द्रकुमार मल्लले चलचित्र र पर्यटनको संयोजनले समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । उनका अनुसार चलचित्र पर्यटनको माध्यमबाट कर्णाली मात्र होइन, समग्र राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ । महोत्सवले चलचित्रमार्फत जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने तथा यस विषयमा बनेका चलचित्रलाई प्रोत्साहन गर्ने योजना पनि डा मल्लको भनाई छ । उनले भने, ‘विभिन्न बौद्धिक बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् ।’

महोत्सवले कर्णालीलाई चलचित्र छायाङ्कन हबका रूपमा विकास गर्न, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, आर्थिक गतिविधि विस्तार गर्न र सामाजिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,