कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

सुर्खेत– कर्णाली प्रदेशसभाको चालू अधिवेशन आइतबार राती १२ बजेदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भिमराज थानीले जानकारी दिनुभयो । प्रदेशसभाको दोस्रो कार्यकालको चालू अधिवेशन अन्तर्गत १५ वटा बैठक बसेका थिए । प्रदेशसभाको यो कार्यकालको प्रारम्भमा सभामुख÷उपसभामुख निर्वाचन, मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिनुका साथै संसदीय समिति गठन भएका छन् । यद्यपि समितिको नेतृत्व भने चयन हुन बाँकी छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,