आजदेखि वीरेन्द्रनगरमा देशव्यापी ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै

सुर्खेत– मध्यपश्चिम नापी पेशाकर्मी समाजको १६ औँ वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा देशव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशभरका नापी पेशाकर्मीहरूबीचको एकता, भाइचारा र साझा हितलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।


प्रतियोगिता आज दिउँसो १ बजेदेखि सुरु हुनेछ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल प्रमुख आतिथ्यतामा सुरु हुने प्रतियोगिता सुर्खेतस्थित जिल्ला ब्याडमिन्टन संघको कर्भड हलमा सञ्चालन हुनेछ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ । मध्यपश्चिम नापी पेशाकर्मी समाजका अध्यक्ष लोकप्रसाद धमलाका अनुसार प्रतियोगिताका लागि ५५ वटा टिम सहभागी हुनेछन् ।

प्रतियोगिता भेट्रान, जुनियर र सिनियर गरी तीन विधामा हुनेछ । भेट्रान समूह (बढी उमेर समूह) का विजेताहरूलाई प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार र तृतीय १० हजार रुपैयाँ नगद दिइनेछ । जुनियर समूहका लागि प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रुपैयाँ राखिएको छ । सिनियर समूहलाई पनि जुनियरकै समकक्ष पुरस्कार राशी तथा ट्रफी प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, तीनै विधामा उत्कृष्ट खेलाडीलाई सम्मानपत्र, नगद २/२ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । ३ सयभन्दा बढी खेलाडीहरु वीरेन्द्रनगरमा सहभागी हुने आयोजकले जनाएको छ । मध्यपश्चिम नापी पेशाकर्मी समाजको स्थापना २०६६ सालमा भएको हो । संस्थाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गर्दै आएको छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,