सुर्खेत बार एशोसिएसन अधिवेशन : अध्यक्ष/सचिवमा निर्वाचन, अन्य पदमा निर्विरोध

सुर्खेत– नेपाल बार एशोसिएसन सुर्खेतको साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा अधिवक्ता रामबहादुर भण्डारी र सचिवमा खगेन्द्र खनाल निर्वाचित भएका छन् ।
“विकृति, विसङ्गति तथा भ्रष्टाचारमुक्त न्यायपालिका ः व्यावसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा” भन्ने मुल नाराका वीरेन्द्रनगरमा शनिबार सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।


विगतमा सहमतिमै नेतृत्व चयन गर्दै आएको बार एशोसिएसनले यसपटक सहमतिमा नेतृत्व चयन गर्न सकेन । अन्य पदहरुमा सहमति जुटेपनि अध्यक्ष र सचिव पदमा भने निर्वाचन नै गर्नुपरेको थियो ।

नेकपा (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) बाट अध्यक्षमा रामबहादुर भण्डारी र सचिवमा खगेन्द्रबहादुर खनाल तथा प्रजातान्त्रिक कानुन व्यवसायी संघ डिएलएबाट अध्यक्ष पदमा हिमालयजंग शाही र सचिवमा नेकपा (माओवादी केन्द्र) निकट अधिवक्ता शेरबहादुर खत्री प्रतिस्पर्धामा थिए । ४० मतदाता रहेको उक्त निर्वाचनमा ३७ मत खसेको थियो । अध्यक्षमा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनका उम्मेदवार भण्डारीले २५ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी शाहीले कुल १० मत प्राप्त गरे । सचिव पदमा प्रगतिशिल कानुन व्यवसायी संगठनका खनालले २९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी खत्रीले ८ मत प्राप्त गरे ।

समितिको उपाध्यक्षमा टोपबहादुर वली, कोषाध्यक्षमा मोतिराम शर्मा, सहसचिवमा आत्मादेवी श्रेष्ठ र सदस्यहरुमा रत्नबहादुर भण्डारी, डम्बरबहादुर थापा, जागेश्वर उपाध्याय, तेजबहादुर बोहोरा, प्रेमबहादुर फडेरा, उपेन्द्रकुमार रावत, मंगलसेन सार्की र केशवविक्रम खड्का निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय पार्षदमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, अधिवक्ता गीता कोइराला र अधिवक्ता हस्तराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

सुर्खेत जिल्ला अदालत बार एशोसिएसनका निवर्तमान अध्यक्ष नन्दबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको अधिवेशनको उदघाटन बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उत्तमप्रसाद आचार्यले गरेका थिए । उद्घाटन सत्रमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, नेपाल कानुन व्यवसायी परिषद्का केन्द्रीय पार्षद अधिवक्ता रामबाबु वि·सी· वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल, वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, प्रगतिशिल कानुन व्यवसायी संगठन सुर्खेतका अध्यक्ष अधिवक्ता नारायणनाथ योगी, प्रजातान्त्रिक कानुन व्यवसायी संघ सुर्खेतका अध्यक्ष अधिवक्ता दुर्गाप्रसाद सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रममा अधिवक्ता टिकाप्रसाद पोखरेलले स्वागत मन्तव्य र अधिवक्ता गीता कोइरालाले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको संचालन जिल्ला अदालत बार एशोसिएसन सुर्खेतका उपाध्यक्ष हिमालयजंग शाहीले गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,