कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

सुर्खेत– कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको सभामुख नन्द गुरुङ्गले जानकारी दिइन् ।

प्रदेशसभाको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसे । दोस्रो अधिवेशन जेठ १० गतेदेखि सुरु भएको थियो । कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्रै कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक पारित गरेको छ । कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरिसकेका छन् भने निजामति विधेयक सोमबारमात्र पारित भएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको र कर्णाली प्रदेशको विधुत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,