सुर्खेत- ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको वीरेन्द्रनगर जुम्लारोडस्थित सुर्खेत बि शाखामा विहीबार आयोजित कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको हो । बैंकका शाखा प्रबन्धक पदम तिमिल्सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । बैंकका ११ कर्मचारीसहित गरी ३६ जनाले रक्तदान गरेका थिए ।
ग्लोबल आइएमई बैंक नेपाल राष्ट बैंकबाट इजाजत प्राप्त क वर्गको वाणिज्य बैंक हो । यसको स्थापना २०६३ सालमा भएको हो ।


कर्णाली समय । १९ पुष २०८१, शुक्रबार ०९:१०