सुर्खेतमा भ्रष्टाचारविरुद्ध खबरदारीसभा

सुर्खेत– नक्कली भुटानी शणरार्थी प्रकरणका मुख्य दोषीहरुलाई कारबाहीको माग राखी वीरेन्द्रनगरमा प्रर्दशन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज सुर्खेतको आयोजनामा शुक्रबार अपरान्ह मंगलगढी चोकमा कुशासन, दण्डहिनता र भ्रष्टाचारविरुद्ध सडक प्रर्दशन गरिएको हो ।


प्रर्दशनमा सहभागीहरुले शान्ति, सुशासन, लोकतन्त्र, आर्थिक पारदर्शिता, जवाफदेहिताको पक्षमा लेखिएका विभिन्न प्लेकार्डहरु बोकेका थिए । प्रर्दशनपछि आयोजित सभालाई सम्बोधन गर्दै सामाजिक अभियन्ता डा नवराज केसीले नक्कली भुटानी शणरार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु देशकै लागि लाजमर्दो भएको टिप्पणी गर्नुभयो । संलग्न भएका सबैमाथि सरकारले अझैं अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै नागरिकको बृहत दबाबको खाँचो औंल्याउनुभयो ।

नागरिक अगुवा पिताम्बर ढकालले मुलुकमा बढ्दो बेथिति र भ्रष्टाचारबाट जनता आक्रान्त भएको धारणा राख्नुभयो । “जनताले दैनिकजसो खबरदारी नगर्ने हो भने देशलाई भ्रष्टाचार र बेथितिले खोक्रो बनाइसक्नेछ,” उहाँले भन्नुभयो, “त्यसैले आफ्नो व्यक्तिगत काम छाडेर भएपनि राजनीतिक दल, सरकार, अख्तियारप्राप्त सार्वजनिक संस्थालाई खबरदारी गर्न सर्वसाधारणहरु सडकमा आउनैपर्छ, नत्र यो बेथिति रोकिएलाजस्तो लाग्दैन ।” मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव प्रकाश शाहीले मानव अधिकारमैत्री कानून बनाउन, संक्रमणकालिन न्याय प्रक्रियालाई छिटो टुंग्याउन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकारहरु देवकी तिमिल्सेना, खगेन्द्र अधिकारी अमृत, सिता यरी र भरत धमलाले रचनामार्फत वर्तमान भ्रष्ट राजनीतिक नेतृत्वविरुद्ध खबरदारी गर्नुभएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,