कर्णाली उत्सवको सातौं संस्करण भोलिदेखि सुरु

सुर्खेत- कर्णाली उत्सव ‘कुडा कर्नाली०काको सातौँ संस्करण भोलि शनिबारदेखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको सिटी हल बाहिर प्राङ्गणमा हुने उक्त उत्सवमा सिने क्षेत्रका महानायक राजेश हमालदेखि जेनजी आन्दोलनकी चर्चित अगुवा रक्षा बमसम्म वक्ताका रुपमा आउने भएका छन् ।

आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको छ । उत्सवका संयोजक कमलराज लम्सालका अनुसार, उत्सव शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चल्ने छ । ‘कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारी हो, उत्सव,’ उनले भने, ‘हरेक वर्ष फागुन ५, ६ र ७ गते हुँदै आएको यो उत्सव यो पटक आम निर्वाचनका कारण सरेर चैत मसान्तमा आइपुगेको हो ।’

उत्सवले सकरात्मकताको प्रवद्र्धनका साथसाथै विचारबाट नै विकास सम्भव हुन्छ भन्ने मान्यता स्थापित गर्न र नागरिकमा आशाको सञ्चार गर्न अधिकतम प्रयासहरु गरिरहेको लम्सालको दाबी छ । उनले अगाडी भने, ‘समृद्धिको सपना, उत्तरदायी शासन, मौलिकताको उजागर र प्रश्न गर्ने परम्परालाई आफ्ना मुख्य प्रयासका कर्णाली उत्सवले पुष्टि गरिसकेको छ ।’ विचारको विमर्शमार्फत समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने उद्देश्य राखेको उत्सवमा यो पटक विभिन्न क्षेत्रका विज्ञ, नीति, निर्माता र नागरिक समाजको सहभागिता रहने छ ।

उनका अनुसार, यो वर्ष तीन दिनमा १५ गटा विविधापूर्ण मुल सत्रहरू समावेश गरिएका छन् अन्य १० सानाछोटा सत्रहरू पनि हुनेछन् । जस अन्तर्गत कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरिरहेका तीनजना पैकेलोहरुले आफ्ना संघर्ष र सफलताका कथाहरु सुनाउने छन् । ‘हामी मोक्षभूमि कर्णालीको आंगनबाट हामी ‘नारी नेतृत्व’देखि ‘सिमान्त मान्ठ’का स्वरहरु सुन्ने छौँ,’ लम्सालले भने, ‘साथै, ‘प्रतिरोधका पाइला’को पदचापदेखि ‘कर्नालीका सुईना’हरुमा बहस हुने छ ।’

बहसमा छ वटै राष्ट्रिय दलका सांसदहरुसँगको संवाद, जेनजी पुस्ताको सडकदेखि संसदसम्मको प्रभाव र पहुँच, ‘कनेक्टिङ कर्नाली’ अन्तर्गत ऊर्जा एवं प्रविधिको विकासमाथि सघन विमर्श हुने संयोजक लम्सालले बताए । साथै, महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ कुराकानी, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति ‘रोवा रिग्पा’को चर्चा हुने छ । कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको आयोजक संस्थाले जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,