सानिमा जिआइसी इन्स्योरेन्सद्धारा जनज्योति माविलाई सामग्री हस्तान्तरण

सुर्खेत- सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले सुर्खेतको पञ्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सले विहीबार कम्प्युटर तीन थान, खानेपानी ड्रम दुई थान, कापी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिब दुई लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको हो । इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विद्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड, कर्णाली प्रदेश प्रमुख गोविन्दजङ्ग सिंह, शाखा प्रमुख श्री सन्तोष थापा लगायत कार्यालयका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी, नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निलप्रसाद लामिछाने, जनज्योति माध्यमिक विध्यालयका प्रधानाध्यापक श्री कृष्णराज ढकालको उपस्थिति थियो । उक्त सामाग्रीहरु नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निलप्रसाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख गोविन्दजंग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायतका कर्मचारीहरुबाट विद्यालयलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,