सानिमा जिआइसी इन्स्योरेन्सद्धारा जनज्योति माविलाई सामग्री हस्तान्तरण

सुर्खेत- सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले सुर्खेतको पञ्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सले विहीबार कम्प्युटर तीन थान, खानेपानी ड्रम दुई थान, कापी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिब दुई लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको हो । इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विद्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड, कर्णाली प्रदेश प्रमुख गोविन्दजङ्ग सिंह, शाखा प्रमुख श्री सन्तोष थापा लगायत कार्यालयका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी, नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निलप्रसाद लामिछाने, जनज्योति माध्यमिक विध्यालयका प्रधानाध्यापक श्री कृष्णराज ढकालको उपस्थिति थियो । उक्त सामाग्रीहरु नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निलप्रसाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख गोविन्दजंग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायतका कर्मचारीहरुबाट विद्यालयलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।