सुर्खेतकी सीता बनिन् वादी समुदायबाट पहिलो क्याबिनेट मन्त्री

सुर्खेत- सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने बादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिइन्। उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ।

२९ वर्षीया सीता वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिइन्। उनी २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी थिइन्। छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नुपर्‍यो। भूमिहीन वादी समुदायका लागि शिक्षा पाउनु अधिकार नभई ठूलो संघर्ष र उपलब्धिको विषय थियो। अहिले पनि छँदै छ।

१२ वर्षको किशोर वयमा एक सामाजिक संस्थाको सहयोगमा विद्यालय टेक्ने अवसर पाएकी उनले हातमुख जोड्ने कि पढ्ने भन्ने द्वन्द्व र दुबिधाबीच आफ्नो अध्ययनलाई अघि बढाएकी थिइन्। आफ्नो समुदाय सधैं किन पछाडि पारिन्छ र संविधान अनुसारको समानता व्यवहारमा किन लागू गरिँदै भन्ने प्रश्नको उत्तर खोज्न उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छन्। ‘मैले राजनीतिशास्त्र पढ्नु संयोग मात्र थिएन, यो मेरो समुदायको अस्तित्व खोज्ने असल प्रयास थियो,’ उनले भन्ने गरेकी छन्।

पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहँदै उनी रास्वपाको राजनीतिमा जोडिएकी हुन्। मन्त्री बनेसँगै आफ्नो समुदायको उत्थान र विकासका लागि प्रयत्नशील रहनु त छँदैछ, देशका महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था सुधार्न कम्मर कस्नुपर्ने अभिभारा छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,