वीरेन्द्रनगरमा “समस्याका कहर” नाटक प्रर्दशन

सुर्खेत-मण्डला ड्रामा स्कुलको एक वर्षे आवासीय अभिनय प्रशिक्षणबाट दीक्षित सिम्ताका विशालकुमार केसीले वीरेन्द्रनगरका विभिन्न सार्वजनिक स्थानहरुमा नाटक प्रर्दशनी गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० जना प्रशिक्षार्थीलाई १५ दिने प्रशिक्षण प्रदान गरी नाटक “समस्याका कहर” प्रर्दशन गरेका हुन् । उक्त नाटक पुरुष प्रधान सोच, सवारी साधनहरुमा उच्च भाडादर र महिला हिंसाविरुद्ध सचेतनाका सवालहरुमा केन्द्रीत छ । केसीको निर्देशनमा नाट्य प्रशिक्षणबाट तयार भएको नाटक वीरेन्द्रनगरका ८ को सिम्ताली चोक, वडा नं ११ को देउती बज्यै चोक, वडा नं ६ को पिपलचौतारामा प्रर्दशन गरिएको थियो ।

वीरेन्द्रनगर वडा नं ८ को कार्यालय, वी.न.पा ८ को कार्यालय, मशाल आर्टस, बागीना समूह, आरङ्ग नेपाल, कणाली कला प्रतिष्ठान, श्रीनाथ अनलाइन, ड्याड्स प्राईड, डी के डान्स स्टुडियो, पत्रकारहरु लगायतको सहयोगमा मञ्चन भएको बताइएको छ ।

त्यस्तै रवीन्द्र तिवारी, किरण मगर, हरिकला थापा, धिरज खड्का, राजीव बोहोरा, हेमराज रिजाल, विवेक, निरुता बस्नेत, अंशु थापा लगायतले १५ दिने नाट्य प्रशिक्षण लिएका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,