आज रातिदेखि स्थिर समय सुरु हुँदै

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।

यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,