नेपाल टेलिकमको सहकार्यमा गुराँस गाउँपालिकामा डिजिटल प्रणाली लागू

सुर्खेत– नेपाल टेलिकमको सहकार्यमा दैलेखको गुराँस गाउँपालिकाले एकिकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेको छ । डिजिटल प्रणालीबाट सेवा प्रवाहको काम सुरु भएपछि सेवाग्राहीहरुले एउटै कामका लागि फाइल लिएर कोठा कोठा चाहार्नुपर्ने बाध्यता हटेको छ ।


सेवाग्राहीले एउटा शाखाका फाइल पेश गरेपछि सम्बन्धित शाखाहरुले अनलाइनबाट काम गरिदिन्छन् । हाल गाउँपालिकाले डिजिटल ईहाजिरी, अनलाइन सिफारिस, अनलाइन योजना व्यवस्थापन, नमस्ते गुराँस नामक अलाइन गुनासो प्रणाली सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गाउँपालिकालाई पूर्ण डिजिटल बनाउने योजना अन्तर्गत डिजिटल सेवा प्रवाह सुरु गरिएको बताए । उनका अनुसार अपांग परिचय पत्र, अनलाइन नागरिकता प्रणाली, गुराँस डाटा सेन्टर र आइटी पार्क, गुराँस आइपीएस, इलेक्ट्रोनिक्स सुपर हाइवे निर्माणका लागि आवश्यक परामर्श भैरहेको छ । डिजिटल गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माण गरी पेपरलेस कार्यालय बनाउने योजना रहेको बताइएको छ ।

गाउँपालिका र टेलिकम प्रादेशिक कार्यालयबीच भएको समझदारी पत्रमा अनुसार फोरजी र फाइवर इन्टरनेट विस्तार गरिएको छ । टेलिकम कर्णाली प्रदेश कार्यालयका प्रमुख डा.कमल लामिछानेले गाउँपालिका र टेलिकमको सहकार्यबाट गुराँस गाउँपालिकालाई नमूना डिजिटल गाउँपालिका निर्माण गरिने जनाए । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल गाउँपालिकाको शुभारम्भ गरेका थिए । उक्त अवसरमा नेपाल टेलिकमका महाप्रबन्धक संगिता पहाडी अर्याल समेत उपस्थित थिइन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,