सुर्खेत- वीरेन्द्रनगरमा आइतबार बिहा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काटिरहेका बेला बांगेसिमलबाट सुर्खेत बसपार्कतर्फ आइरहेका बेला गाडीले ठक्कर दिएको बताइएको छ ।

कर्णाली समय । ७ बैशाख २०८२, आईतवार १३:३५