आगलागी नियन्त्रणका लागि फायर ब्रिगेड कर्मचारीलाई पुनर्ताजगी तालिम

सुर्खेत–वीरेन्द्रनगर नगरपालिकामा फायर ब्रिगेड कर्मचारीका लागि पाँच दिने फायर फाईटिङ्ग पूनर्ताजगी तालिम सम्पन्न भएको छ । नगरपालिकामा आईपर्ने आगलागी, विपदजन्य घटना न्यूनीकरण गर्न युएसएआइडी तयार नेपालको सहयोगमा आगलागी व्यवस्थापन पुनस्र्थापना तालिम सम्पन्न भएको हो ।


तालिम समापन गर्दै वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकामा हुनसक्ने अग्नीजन्य घटना नियन्त्रणका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘आवश्यक औजारसहित दक्ष जनशक्ति परिचालन गरेर आगलागी नियन्त्रण गर्न नगरपालिका प्रतिवद्ध छ, उहाँले भन्नुभयो, तालिमले आगलागी व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने मद्दत मिलेको छ ।’


तालिमका वरिष्ठ प्रशिक्षक सुनिता भारद्वाजले स्थानीय तहहरु आफ्नो सेवा क्षेत्रभित्र आवश्यक औजार र दक्ष जनशक्तियुक्त बन्न सके अग्नीजन्य घटनाबाट हुने क्षति कम गराउन सक्षम रहने बताउनुभयो । तालिममा सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोटका साथै दैलेखको दुल्लु नगरपालिकाका २३ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,