यस्तो बन्यो दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

सुर्खेत– आगामी जेठमा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो र मस्कट सार्वजनिक गरे ।

नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय प्रतियोगिताका लागि मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सूर्य अंकित छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३–१० गते गर्ने तयारी गरेको छ । यसका लागि काठमाडौं र कर्णाली प्रदेशको सुर्खेतमा सचिवालय स्थापना गरिसकेको छ । सुर्खेतमा सचिवालय स्थापना भएपनि तयारीका काम भने सुरु गरिएको छैन् ।

मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी र प्रशिक्षकको अनलाइन दर्ता प्रणाली समेत सार्वजनिक गरेका छन् । अनलाइन प्रणालीमा खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । मंसिर र चैतमा तयारी नपुगेपछि राखेपले पछिल्लो मिति तय गरेको हो । प्रतियोगिताको आयोजक राखेप हो भने सह–आयोजक एवं व्यवस्थापक कर्णाली प्रदेश खेलकुद विकास परिषद् हो । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसर्ने दाबी गरेका छन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,