चामुण्डाबिन्द्रासैनीमा जम्बुकाँध पहिलो बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था

सुर्खेत-दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ । किशोर–किशोरीहरूको स्वास्थ्य र हित प्रवद्र्धन गर्ने उद्देश्यले नगरस्तरीय घोषणात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरका पदाधिकारी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि, विकास साझेदारहरू र किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता, पहुँच र सम्वेदनशीलताको आधारमा यो घोषणा गरिएको बताइएको छ ।

नगर प्रमुख गणेशबहादुर शाहीले चामुण्डाबिन्द्रासैनी नगरपालिका र सोसेक नेपालको निरन्तर प्राविधिक र कार्यक्रमगत सहयोगमा यो उपलब्धी हासिल भएको बताए । यस अवसरमा नगरपालिकाले सोसेक नेपाललाई धन्यवाद पत्र तथा मायाको चिनो प्रदान गरेको छ । “यो हाम्रो नगरपालिकाको गौरवको विषय हो, जुन किशोरकिशोरीमैत्री सेवाको दिशामा सामूहिक प्रतिबद्धताको प्रतिफल हो,” नगर प्रमुख शाहीले भने, प्रमाणित भएको यो स्वास्थ्य संस्था अब अन्य स्वास्थ्य संस्थाहरूका लागि मोडलको रूपमा स्थापित हुनेछ, जसले किशोरकिशोरीमैत्री सेवा विस्तारमा मार्गदर्शन गर्नेछ ।”



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,