भानु पार्कमा वृक्षारोपण

सुर्खेत– जेसिस सप्ताह अन्तर्गत सुर्खेत महिला जेसिसले वीरेन्द्रनगर ६ स्थित भानुपार्कमा वृक्षारोपण गरेको छ । महिला जेसिसले बुधबार बिहान भानुपार्कमा विभिन्न प्रजातिका विरुवा रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।


भानुपार्कमा गुलमोहर १०, टाकोमा १० र कल्कीका १० विरुवा रोपिएको थियो । वृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति टोपबहादुर रावत, नगर सभापति उपेन्द्र खड्का, वीरेन्द्रनगर वडा नं ६ का सदस्य कृष्णबहादुर श्रेष्ठ, सुर्खेत महिला जेसिस २०१५ का अध्यक्ष सुष्मा गिरी लगायतको सहभागिता थियो ।

सुर्खेत महिला जेसिसका अध्यक्ष सीता भण्डारीले भानु पार्कमा हरियाली सुन्दरता बढाउन वृक्षारोपण गरिएको र रोपेका विरुवा संरक्षणमा पनि चासो दिने बताइन् । यसअघि जेसिसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना, प्रश्रान्ति वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई फलफूल वितरण तथा भजन किर्तन, मनोसामाजिक सुस्वास्थ्य तालिम सम्पन्न गरिएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,