सुर्खेत– सुर्खेतमा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुबा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलालीको टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेको हो ।
उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ । त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेको आरोप छ । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
कर्णाली समय । ४ माघ २०८०, बिहीबार १२:०५