नागरिकले दुःख नपाउने गरि यातायात व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरि यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग गरेको छलफलमा उनले यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यति नै नागरिकले सेवा पाउने हुँदा नागरिकको सुविधालाई ख्याल गर्नुपर्ने बताए । मुख्यमन्त्री कँडेलले व्यवसायीलाई प्रतिस्पर्धी गर्ने निहुँमा अस्वस्थ प्रतिष्पर्धा नगर्न सुझाव दिए । ‘तपाईहरुका पनि आ—आफना बाध्यता छन् होला तर जति प्रतिस्पर्धी बन्नुहुन्छ नागरिकले त्यतिनै सुविधा पाउँछन्’ उनले भने, ‘नागरिकलाई सुविधा दिने दायित्व पनि तपाईहरुकै हो ।’

साथै, उनले सुरक्षा चेकजाँचलाई थप सहज बनाउन निर्देशन दिए । राजमार्गमा यात्रु चेकजाँचको नाममा ठाँउमा ठाँउमा चेकजाँच हुने यातायात व्यवसायीले गुनासो गरेपछि मुख्यमन्त्री कँडेलले सुरक्षा चेकजाँच गर्ने अधिकार भएपनि आवश्यकताको आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘तपाईहरुले आवश्यकताको आधारमा जहाँपनि चेकजाँच गर्न सक्नुहुन्छ तर आवश्यकता नदेखिएको ठाँउमा चेकजाँच गर्ने कुराले यात्रुले अनाहकमा दुख पाउँछन् त्यसलाई कसरी हो सुधार्नेतर्फ ध्यान दिनुहोला ।’

जनशक्ति र साधन श्रोतको अभावका कारण पनि ट्राफिक प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले कर्णाली प्रवेशद्धारको मुख्य नाकामा सवारी साधनको डिजिटल रेकर्ड र संवेदनशिल स्थानहरुमा सिसि क्यामेरा राख्न प्रदेश सरकारले आवश्यक तयारी गरिरेहको जानकारी दिए । वीरेन्द्रननगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ्ग व्यवस्थापनलाई नयाँ तरिकाले सम्बोधन गर्न लागिएको बताइन् । बजारको चाप बढेसँग अहिलेको पार्किङ्गको व्यवस्था साघुरो हुने हुँदा यसलाई व्यवस्थित गर्ने तयारी भइरहेको उनको भनाई थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले अरु बेलाभन्दा चाडवाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकोले प्रदेश प्रहरी कार्यालयले नियमितसँगै चाडवाड लक्षित सडक सुरक्षा बनाएको जानकारी दिए । कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहरा एक जना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नुपर्ने बाध्यता सुनाए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,