सुर्खेत- प्रदेश सरकारले प्रमुख पर्यटकीय स्थल बुलबुले तालको गुरुयोजना कार्यान्वयन गर्ने भएको छ । प्रदेश सरकारले गुरुयोजना कार्यान्वयन गर्न चालू आर्थिक वर्ष २०८१/८२ का लागि एक करोड विनियोजन गरेको जनाएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले वीरेन्द्रनगरको भुमिगत जलाधार प्रणाली संरक्षण गर्न बुलबुलको गुरुयोजना कायान्वयन हुन लागेको बताए । हालसम्म बुलबुले तालको विस्तार, घेरबार निर्माण लगायतका कामहरु सम्पन्न भएको छ । जलाधार व्यवस्थापन कार्यालयले वीरेन्द्रनगर उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण र पुर्नभरणका लागि संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । कार्यालय प्रमुख चपाईले भने, उत्तरी जलाधार क्षेत्रको उचित संरक्षण गरी भुक्षय, बाढीपहिरोको जोखिम रोक्न र तल्लो तटिय क्षेत्रमा पानीको पुनरभरणका साथै भुमिगत पानीको दिगो संरक्षण गर्ने प्रयास भइरहेको छ ।
उनका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम गरी पाँच जिल्लामा वृक्षारोपण, तटबन्धन, रिचार्ज पोखरी निर्माण लगायतका कार्यमार्फत दिगो भू जलाधार प्रणाली संरक्षणको क्षेत्रमा काम भइरहेको छ ।
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,
कर्णाली समय । १२ आश्विन २०८१, शनिबार ११:२६