कर्णाली प्रदेश : कांग्रेस सरकारमा सहभागी, चार मन्त्रीले लिए शपथ

सुर्खेत– एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारका कांग्रेस सहभागी भएको छ । केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कांग्रेसको तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले आइतबार पद तथा गोपनियताको शपथ लिए ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ गराए । शपथ कार्यक्रम अघि मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा प्रदेश प्रमुखले मन्त्री नियुक्त गरेका थिए ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सुरेश अधिकारी र उर्जा तथा जलस्रोतमन्त्रीमा विजया बुढा नियुक्त भएका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका शाह पूर्व संविधानसभा सदस्य समेत हुन् । भण्डारी दुल्लू नगरपालिकाका र अधिकारी सल्यानको शारदा नगरपालिकाको प्रमुख भएर स्थानीय तहको नेतृत्व गरेको अनुभव छ ।

नवनियुक्त मन्त्रीहरुले आइतबार पदवहाली गरिसकेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,