सोमबार पुनः ५.८ म्याग्निच्युडको शक्तिशाली कम्पन, थप घरहरु भत्किए

सुर्खेत– जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ७४ जना बालबालिका छन् ।


त्यस्तै, २५६ जना घाइते भएका छन् । गम्भीर घाइतेहरुको सुर्खेत, नेपालगञ्ज र काठमाडौं तथा सामान्य घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा २१३६ घरमा क्षति भएको छ ।

रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ । सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १÷१ घर क्षतिग्रस्त भएका छन् । सल्यानमा २५, दैलेख र बैतडीमा १/१ घर क्षतिग्रस्त भएका छन् । क्षतिको विवरण संकलन भइरहेकाले यो क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाई छ ।
रामीडाँडामै सोमबार अर्को शक्तिशाली झड्का
जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्नच्युडको अर्को झट्का महसुस गरिएको छ । सोमबार पुनः शक्तिशाली कम्पन गएपछि स्थानीबासीमा थप सन्त्रास छाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,