
काठमाडौं- म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका चार जना विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत तीन जनालाई मोटरसाइकल र एक जनालाई स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोजकुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् ।
म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत पुरस्कार जितेका विजेताले सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा ठूलो पुरस्कार प्राप्त हुने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन् । पुरस्कार प्राप्त गरेपछि अभियानले आफूहरूका लागि अविस्मरणीय अनुभव दिएको उनीहरूको प्रतिक्रिया छ ।
कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र आठ जनाले स्कुटर जितिसकेका छन् । अभियानमा अझै आठ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।
सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई पुरस्कार जित्ने अवसरसँग जोडेर सञ्चालन गरिएको अभियानमार्फत देशका विभिन्न सहरका उपभोक्तालाई समेटिएको कम्पनीको भनाइ छ । नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत पुरस्कार हस्तान्तरणको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ ।



कर्णाली समय । २१ कार्तिक २०८३, शुक्रबार १३:०९