राकमकर्णालीमा ५० शैयाको स्याटालाइट अस्पताल सञ्चालन हुने

सुर्खेत– दैलेखको राकमकर्णालीमा ५० शैयाको स्याटालाइट अस्पताल सञ्चालन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ११ औं सभा (सिनेट) ले आठबीस नगरपालिकाको राकमकर्णालीमा ५० शैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको हो ।


प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार बसेको सिनेटले राकमकर्णालीमा हाल सञ्चालित १५ शैयाको अस्पताललाई स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रतिष्ठानले स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना प्रस्तुत गरेको थियो । उक्त निर्णयसंगै अब प्रतिष्ठानलाई अस्पताल सञ्चालन गर्ने बाटो खुलेको छ ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले अस्पताल सञ्चालनका लागि पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्ने जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रुपमा काम अघि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्यसेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

सिनेट बैठकमा प्रतिष्ठानको चालू आवको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आवको आन्तरिक लेखापरीक्षकको प्रतिवेदन जानकारी गराइएको छ । बैठकबाट आगामी आवको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरुको मनोनयन गरिएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,