
सुर्खेत — सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत लबनामा बसाइँ सरी आएका राउटे समुदायका बालबालिकालाई भलिबल प्रदान गरिएको छ।
तरुण दल दैलेखका अध्यक्ष मिलन विश्वकर्माले राउटे समुदायका बालबालिकालाई खेलकुद सामग्रीस्वरूप भलिबल वितरण गरेका हुन्।
भलिबल वितरण गर्दै अध्यक्ष विश्वकर्माले यस सानो तर अर्थपूर्ण पहलको उद्देश्य राउटे समुदायका बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै उनीहरूलाई सामाजिक परिवेशसँग अझ नजिक ल्याउनु रहेको बताए।
भलिबल पाएपछि बालबालिकामा उत्साह र खुसी स्पष्ट देखिएको थियो। यस्ता गतिविधिले मनोरञ्जनसँगै बालबालिकाको शारीरिक विकास, सामाजिक घुलमिल तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।



कर्णाली समय । १८ पुष २०८२, शुक्रबार १३:३२