सुर्खेत– नेपाली नयाँ वर्ष २०८१ लाई भव्य रुपमा सफल पार्न सिद्धार्थ होटेल सुर्खेतले सांस्कृतिक कार्यक्रमसहित न्यू एयर इभ आयोजना गर्ने भएको छ ।
शुक्रबार आयोजना हुने न्यू एयर इभमा चर्चित कलाकारहरु प्रकाश दूतराज, करिष्मा ढकालसहितका स्थानीय ब्यान्डको प्रस्तुति रहनेछ । गायक दूतराजका देउरालीमा धजा रिमै, घर कता हो बहिनीको, लाहुर जाने रेलैमा लगायतका दर्जन बढी गीतहरु निकै लोकप्रिय छन् । त्यस्तै करिष्मा चर्चित मोडल तथा डान्सर हुन ।
सिद्धार्थ होटेलले विगत केही वर्ष यताखअंग्रेजी नयाँ वर्ष, होली र नेपाली नयाँ वर्षमा मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । होटेलका अपरेशनल म्यानेजर बद्री कोइरालाका अनुसार होटेलले नयाँ वर्षको अवसरमा आर्कषक छुटसहित विभिन्न प्याकेजको व्यवस्था मिलाइएको छ । सिद्धार्थ होटेल सुर्खेतमै सबैभन्दा धेरै ६२ रुम भएको पहिलो चार तारे होटेल हो । सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका विभिन्न होटेल, रिर्सोट, क्याफेसहित ३० वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ ।
सिद्धार्थले निकट भविष्यमै सुदुरपश्चिमको राजधानी धनगढीमा तारे होटेल शुरु गर्दैछ ।
कर्णाली समय । २९ चैत्र २०८०, बिहीबार १६:०९