वडाध्यक्ष विष्ट पाँच लाख धरौटीमा रिहा

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष विनोदसिं विष्ट धरौटीमा रिहा भएका छन् । विष्टलाई उच्च अदालत सुर्खेतले विहीबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।


उपभोक्ता समितिको रकम जफत गरेको आरोपमा जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
जिल्ला अदातलले पुर्पक्षका कारागार चलान गरेका सुशिल गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाहीलाई पनि रिहा गर्न आदेश दिएको छ । उच्च अदालत सुर्खेतका सूचना अधिकारी विनोद आचार्यका अनुसार गुरूङबाट चार लाख र शाहीबाट दुई लाख धरौटी माग गरिएको छ ।

वडाध्यक्ष विष्टसहित तीन जनालाई साउन २१ गते सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले डाँका चोरी अभियोगमा अनुसन्धान अघि बढाएको थियो । असार २४ गते वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,