राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा के भने कर्णालीका मुख्यमन्त्रीले ?

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासका लागि लगानी बढाउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशले भोगिरहेका समस्या र त्यसको समाधानका लागि संघीय सरकारले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराए । उनले वर्षौँदेखि अलपत्र परेका पूर्वाधार आयोजनाहरू टुंग्याउन र नीतिगत अवरोध फुकाउन जरुरी रहेको औंल्याए । ‎‎

कर्णालीका महत्वपूर्ण विकास योजनाहरूमा संघीय सरकारको लगानी अपर्याप्त भएको बताएको छु, विगतमा संघीय सरकारबाट सुरु भएका तर सम्पन्न हुन नसकी अलपत्र परेका सडक, पुल, भवनजस्ता पूर्वाधार निर्माणमा संघीय सरकारको बोल्ड डिसिजन’ आवश्यक छ,’ कँडेलले आफ्नो फेसबुक पेजमा लेखेका छन्, भेरी करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न, सार्वजनिक खरिद ऐनलाई प्रदेश र स्थानीय तह अनुकुल बनाउन र साझा कानुन निर्माण गर्न आवश्यक छ ।’

‎मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री समक्ष प्रदेश र स्थानीय तहले पूर्वाधार निर्माण गर्दा जग्गा मुआब्जाको समस्या, वन क्षेत्रको उपयोग र वन विकास कोषमा रकम जम्मा गर्ने विषयमा अनेकौँ कठिनाइ भोग्नुपरेको बताए । बैठकमा कर्णाली प्रदेशमा १३२ केभी प्रशारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन, हुम्लाको हिल्सामा क्वारेन्टाइन निर्माण गर्न र कर्णालीमा प्राङ्गारिक मल उत्पादन कारखाना खोल्न संघीय सरकारको सहयोग मागे ।

त्यस्तै ‎‎भेरी–बबई डाइभर्सन, मध्यपहाडी राजमार्गको जाजरकोट–चौरजहारी खण्डको पुल निर्माण जस्ता राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्तीप्रति पनि मुख्यमन्त्री कँडेलले सरकारको ध्यानाकर्षण गराए । उनले कर्णालीका नदीबाट जलविद्युत् उत्पादन गर्न लाइसेन्स लिएर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न र काम गर्नेलाई प्रोत्साहन गर्न कडा नीति लिनुपर्नेमा जोड दिएको जनाएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,