सुर्खेत बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

सुर्खेत– विगतमा भएका सहमति पालना नभएपछि सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

सरोकार पक्षसंगको सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनालाई मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रेका हुन् । क्याम्पसमा अनिश्चितकालिन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ ।

व्यवस्थापन संकायलाई मात्र करार गर्ने निर्णयलाई यथाशिघ्र रद्ध गरी विभिन्न समयमा सरोकार पक्ष तथा आशिक प्राध्यापक संघसँग भएको सहमति पालना गर्न आंशिक प्राध्यापकहरुको जोडदार माग छ ।

‘हामी कुनै आंशिक प्राध्यापकहरुलाई करार गर्नुहुन्न भन्दैनौं तर क्याम्पसमा लामो समयदेखि शिक्षाशास्त्र र व्यवस्थापन संकायमा प्राध्यापनरत आंशिक प्राध्यापक मध्येबाट आवश्यक भएका विषयहरुमा त्रिवि कार्यकारी र आंशिक प्राध्यापकहरुको बीच भएको सहमति अनुसार विज्ञापन गरी करार गर्नुपर्छ,’ पेशागत संगठनद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । उक्त विज्ञप्तिमा प्राध्यापक संघ कावा सभापति सरोज केसी, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष प्रेमबहादुर बुढा र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष गोविन्दप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

यसैबीच, नेपाल आंशिक प्राध्यापक संघ क्याम्पस एकाई समितिले पनि विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति उल्लंघन नगर्न क्याम्पस प्रमुखलाई चेतावनी दिएको छ । त्रिवि कार्यविधि विपरितका उम्मेदवारहरुलाई विधि प्रक्रिया पुरा नगरी क्याम्पस प्रमुखले एकलौटी गरेको भन्दै संघले आपत्ति जनाएको हो ।

संघका अध्यक्ष कृष्णराम रास्कोटी र सचिव रिदेश गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि क्याम्पस प्रमुख उक्त कदमबाट पछि नहटे त्यसबाट निम्तिने परिणामको जिम्मेवारी स्वयंले लिनुपर्ने हुन्छ ।’

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,