कर्णाली सरकारबाट बाहिरियो माओवादी

सुर्खेत- कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्नुपूर्व मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाए ।

सरकारमा माओवादी केन्द्रको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार थिए । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो ।

केन्द्रमा एमाले माओवादी गठबन्धन बनेसंगै कर्णालीमा एमाले नेतृत्वको सरकारमा माओवादीले वैशाख १८ मन्त्री सिफारिस गरेको थियो । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।

२०७४ साल यता कर्णालीमा माओवादी पहिलोपटक प्रतिपक्षमा बस्दैछ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,