वीरेन्द्रनगर ११ को सार्वजनिक सुनुवाइ : सेवा प्रभावकारी बनाउन पाँच बुँदे प्रतिवद्धता

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ ले आगामी दिनमा सेवालाई पाँच बुँदे लिखित प्रतिवद्धता जारी गरेको छ । वडा कार्यालयको आयोजना तथा कर्णाली मिडिया सेन्टर नेपाल प्रालिको सहजीकरणमा शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाइमा उक्त प्रतिवद्धता गरिएको हो ।

सार्वजनिक सुनुवाइमा सेवाग्राहीले वडा कार्यालयले सञ्चालन गरेका कार्यक्रम, सेवा सुविधा लगायतका विषयमा जिज्ञासा एवं सुझाव व्यक्त गरेका थिए । सेवाग्राहीका सुझावका आधारमा वडा कार्यालयले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउनका लागि विभिन्न पाँच बुँदे लिखित प्रतिवद्धता जारी ग¥यो ।

प्रतिवद्धताहरुमा वडा कार्यालयबाट प्रवाह गरिने सेवा तथा योजनाका बारेमा जानकारी गराउने, वडाबाट प्रवाह गरिने सेवालाई प्रभावकारी एवं विकास निर्माणलाई थप गुणस्तरीय बनाउने, लागू औषध दूव्र्यसनी रोक्न विशेष कार्यक्रम सञ्चालन गर्ने, उपभोक्ता समिति गठन गर्दा लाभग्राही सबैलाई जानकारी गराई समावेशी बनाउने र वडाभित्रका सडक, नाला, कल्भर्ट, खानेपानी, विद्युतको स्तरोन्नतिका लागि उचित पहल गर्ने छन् ।

कार्यक्रममा सेवाग्राहीहरुले अधिकांश टोलमा खानेपानी समस्या रहेको, लागू औषध दूव्र्यसनी प्रयोग बढेको, सडक तथा नाला स्तरोन्नति नहुँदा समस्या भोग्नु परेको, वडाबाट हुने कार्यक्रम तथा गतिविधिका बारेमा पर्याप्त जानकारी नभएको लगायतका गुनासा गरेका थिए । सेवाग्राहीका गुनासाको जवाफ वडा अध्यक्ष खिमलाल देवकोटा, वडा सदस्यहरु टोपलाल तिवारी, रत्नबहादुर चन्द र वडा सचिव प्रविणताकुमारी बस्नेतले दिएका थिए ।

वडा अध्यक्ष देवकोटाले वडाको बजेटबाट मात्रै सबै आकांक्षा पूरा गर्न नसकिने भन्दै समस्या समाधानका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका निकायमा पहल गरिरहेको जानकारी दिए । उनले सेवा प्रवाहका क्रममा भएका कमी कमजोरीलाई सुधार गरेर आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,