सुर्खेत- कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीहरुले शपथ लिएका छन् । परिषद्का अध्यक्ष एवं सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सोमबार उपाध्यक्ष प्रमोद हमाल, सदस्य–सचिव रविन्द्र चन्द तथा सदस्यहरुलाई शपथग्रहण गराए ।
यही चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रिक्त पदाधिकारी नियुक्त गरेको थियो । परिषद्का सदस्यहरुमा पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरणकिशोर सापकोटा छन् । खेलकुद परिषद् २०८१ पुस ४ गतेदेखि रिक्त थियो ।



कर्णाली समय । १७ चैत्र २०८२, मंगलवार ११:४७