नेपाल टेलिकमद्वारा कर्णालीका दुर्गम स्थानमा फाइबर सेवा विस्तार

सुर्खेत– नेपाल टेलिकमले कर्णाली प्रदेशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा फाइबर प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा विस्तार गरेको छ ।


डिजिटल नेपाल निर्माणको लक्ष्यलाई सार्थक बनाउँदै दुरसञ्चार तथा सूचना प्रविधिको पहुँच सबै क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले टेलिकमको प्रादेशिक निर्देशनालयले विभिन्न स्थानमा भाइफर सेवा वडान गरेको हो । टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका प्रमुख डा कमल लामिछानेका अनुसार रुकुम पश्चिमको खारा, बाफिकोट, सिम्ली, चौरजहारी, जाजरकोटको कुदु बजार, शिवालय गाउँपालिका, सल्यानको लुहाम, शंखमुल, सुर्खेतको बड्डिचौर, दैलेखको चुप्रा बजार लगायतका ठाउँमा फाइबर सेवा विस्तार गरिएको छ । खारा, कुदु बजार क्षेत्रमा सेवा वितरण कार्य सुरु भैसकेको तथा अन्य क्षेत्रमा पनि चालू आर्थिक वर्षको अन्त्य सम्म सेवा वितरण कार्य शुभारम्भ हुने बताइएको छ ।

दैलेख बजारमा ५१२ क्षमताको एफडिसीलाई १०२४ क्षमतामा स्तरोन्नति तथा सल्यानको कपुरकोटमा २५६ क्षमताको एफएडिसीलाई ५१२ क्षमतामा स्तरोन्नति गरेको छ । यस सेवामार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेट, टेलिभिजन सेवा, ल्यान्ड लाइन फोन लगायतका सुविधाहरू एकै साथ उपयोग गर्न सक्नेछन् । ‘सेवा विस्तारसँगै शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार लगायतका क्षेत्रमा थप प्रविधिमैत्री वातावरण निर्माण भई समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिइएका छौं, प्रादेशिक प्रमुख लामिछानेले भने, नेपाल टेलिकम आगामी दिनहरूमा पनि अन्य दुर्गम स्थानहरूमा अत्याधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्ने योजनामा छ ।’ कम्पनीले आफ्नो दायित्व अनुरूप देशका अन्य ग्रामीण एवं दुर्गम क्षेत्रहरूमा पनि सञ्चारको विस्तारलाई प्राथमिकतामा राखी दिगो डिजिटल विकासका कार्यहरूलाई निरन्तरता दिँदै जाने बताएको छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,