बैशाख २८ देखि कर्णाली प्रदेशसभा अधिवेशन सुरु

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशभाको अधिवेशन यही वैशाख २८ गते बोलाउन निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी अधिवेशनलाई बजेट अधिवेशनका रुपमा लिइन्छ । प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन चैत १८ गते अन्त्य भएको थियो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,