बैशाख २८ देखि कर्णाली प्रदेशसभा अधिवेशन सुरु

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशभाको अधिवेशन यही वैशाख २८ गते बोलाउन निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी अधिवेशनलाई बजेट अधिवेशनका रुपमा लिइन्छ । प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन चैत १८ गते अन्त्य भएको थियो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।