उद्योग व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा भानुभक्त खड्का

सुर्खेत– एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा भानुभक्त खड्का निर्विरोध निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन गरेको हो ।


अधिवेशनबाट कार्य समितिको उपाध्यक्षमा पुर्णप्रसाद जैसी र पहलसिङ बस्याल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा सिर्जना गुरुङ, उपसचिवमा महेन्द्रप्रसाद शर्मा, डम्बर गौतम र भुपेन्द्र सुनार, सह–कोषाध्यक्षमा हरिप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।  सदस्यहरुमा थानेश्वर कँडेल, प्रेमकुमार श्रेष्ठ, कृष्ण धौलाकोटी, रामप्रसाद जैसी, लोकप्रसाद पाण्डे, पृथ्बीबहादुर रावत, हरिलाल खड्का, मनबीर धौलाकोटी, देवीराम बस्याल, रमेश खड्का, ललितकुमार श्रेष्ठ, दुर्गा बस्याल, गणेश बिसी, यामबहादुर श्रेष्ठ, पुर्णप्रसाद पाण्डे, टेकेन्द्र कँडेल, थानेश्वर रेग्मी र देवीराम पौडेल छन् ।


अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले गरेका थिए । उद्घाटन सत्रमा पार्टी पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी सचिव टेकराज पछाई, नेपाल उद्योग व्यवसायी महासंघका प्रदेश अध्यक्ष कलाधर उपाध्याय, विष्णुबहादुर शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,