सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर सुर्खेतमा हुने विभिन्न कार्यक्रम व्यस्त रहनेछन् ।
काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजे सुर्खेत अवतरण भएपछि उनी सिधै वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोहपछि उनी सानो सुर्खेतमा निमाण भएको विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्र
देशसभालाई सम्बोधन गरेपछि ओलीले वीरेन्द्रनगर ८ स्थित नवर्निमित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नेछन् । संघीय सरकारले आगामी जेठमा यहाँ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । रंगशाला अवलोकनपछि आजै उनी काठमाडौं फर्किनेछन् ।
प्रधानमन्त्रीको साथमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि सुर्खेत आउँदैछिन् ।


कर्णाली समय । २३ फाल्गुन २०८१, शुक्रबार ११:११