प्रधानमन्त्री आज सुर्खेतका विभिन्न कार्यक्रममा व्यस्त

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर सुर्खेतमा हुने विभिन्न कार्यक्रम व्यस्त रहनेछन् ।


काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजे सुर्खेत अवतरण भएपछि उनी सिधै वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोहपछि उनी सानो सुर्खेतमा निमाण भएको विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्र

देशसभालाई सम्बोधन गरेपछि ओलीले वीरेन्द्रनगर ८ स्थित नवर्निमित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नेछन् । संघीय सरकारले आगामी जेठमा यहाँ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । रंगशाला अवलोकनपछि आजै उनी काठमाडौं फर्किनेछन् ।

प्रधानमन्त्रीको साथमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि सुर्खेत आउँदैछिन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,