सुर्खेत– राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्ष पदमा जीवन शाही चयन भएका छन् । वीरेन्द्रनगरमा आइतबार सम्पन्न युवा संघको प्रथम प्रदेश अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
उनी युवा संघ दैलेखका अध्यक्षसमेत हुन् । युवा संघको उपाध्यक्षमा गणेश शाही (कालीकोट), सचिवमा पिटर चुनारा (सुर्खेत), सह–सचिवमा बद्री बोहोरा (जुम्ला), नवराज शाही (सल्यान) र कोषाध्यक्षमा मोहन बुढा (हुम्ला) चयन भएका छन् ।
भदौ ६ गते उद्घाटन भएको अधिवेशनमा आइतबार बिहानमात्रै पदाधिकारीको टुंगो लगाइएको हो । अध्यक्ष पदमा सुर्खेतका कमल खड्का, कमल विसी, लोकेन्द्र गौतम लगायतले पनि दाबी गरेका थिए ।

कर्णाली समय । १० भाद्र २०८०, आईतवार १०:४४