एमाले निकट युवा संघको कर्णाली प्रदेश अध्यक्षमा जीवन शाही

सुर्खेत– राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्ष पदमा जीवन शाही चयन भएका छन् । वीरेन्द्रनगरमा आइतबार सम्पन्न युवा संघको प्रथम प्रदेश अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।


उनी युवा संघ दैलेखका अध्यक्षसमेत हुन् । युवा संघको उपाध्यक्षमा गणेश शाही (कालीकोट), सचिवमा पिटर चुनारा (सुर्खेत), सह–सचिवमा बद्री बोहोरा (जुम्ला), नवराज शाही (सल्यान) र कोषाध्यक्षमा मोहन बुढा (हुम्ला) चयन भएका छन् ।

भदौ ६ गते उद्घाटन भएको अधिवेशनमा आइतबार बिहानमात्रै पदाधिकारीको टुंगो लगाइएको हो । अध्यक्ष पदमा सुर्खेतका कमल खड्का, कमल विसी, लोकेन्द्र गौतम लगायतले पनि दाबी गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,