रास्वपा प्रदेश सभापतिमा मदन खड्का निर्वाचित

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा मदन खड्का निर्वाचित भएका छन् । खड्का २८८ मतसहित निर्वाचित भएका हुन् । सभापतिका प्रत्यासी स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । खड्का तदर्थ समितिको सभापति पनि थिए ।

अधिवेशनले उपसभापतिमा तुलाराज शाही, महामन्त्रीमा ललित चन्द, सहमहामन्त्रीमा राजबहादुर शाह र लक्ष्मी भट्टराईलाई चयन गरेको छ । सदस्यहरुमा कमल रावत, बुधे बुढा, कृष्णबहादुर खड्का, राजेन्द्रप्रसाद शर्मा, आकाश थापा, नवीन खड्का, सन्तोश बुढाथोकी, संगम गौतम, दानबहादुर बुढा, मोहन सुनार, टेकबहादुर चुनारा निर्वाचित भए । त्यस्तै गौराकुमारी घर्ती, निर्मला शाही, शिलु थापा, सरस्वती बुढा, खगिसरा बुढा, राधाकुमारी ढकाल, मनकुमारी सुनार, देवी विक, रामप्रसाद पाण्डे, यामराज पन्त र धर्मराज थापा निर्वाचित भए ।

आइतबारदेखि सुरु भएको अधिवेशनमा नेतृत्व चयनमा सहमति नजुटेपछि मंगलबार दिउँसो मतदान गरिएको थियो । अधिवेशनमा ५ सय ३० प्रतिनिधिले सहभागिता जनाएपनि मतदानमा ४ सय जनाले भाग लिएका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,